सल्यानमा पहिलो परिक्षण: ‘डीटीएस’ बाट जमिन मुनिको पानी माथी तानियो

Posted on: 14 Apr, 2018

शंकर के सी | वैशाख १, सल्यान । सल्यान जिल्लामै पहिलो पटक पावर डिलिङ प्रविधि मार्फत जमिन भित्रबाट पानी निकालिएको छ । डिटिएस मेसिन जडान गरेर जमिन मुनि फलामे पाइप घुसाएर पानी निकालिएको हो । 

रीमको खालि मिलन बजार नजिक रहेको कोप्चेपानी भन्ने स्थानबाट डीटीएस मेसिनले जमिनभित्र एक सय फुट लामो फलामे पाइप गाडेर पानी निकाल्न गरिएको परिक्षण सफल भएको हो । जिल्लामा डिप बोरिङ गरेर जमिनमुनिको पानी निकालीएको भए पनि यस अघि डीटीएस बाट पानी निकालेको कुनै रेकर्ड नभएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानका प्रमुख गुणनिधि पोख्रेलले जानकारि दिए ।

कपुरकोट ५ रीम खालीमा रहेका एक सय पचास बढि घरधुरिलाइ वर्षौंदेखि खानेपानीको समस्याले पिरोलिरहेकाले गाउँलेहरु आफैले लगानी गरेर जमिनमुनिको पानी माथी निकाल्ने परिक्षण गरेका हुन् । प्रत्येक वर्ष खानेपानीको माग गर्दै विभिन्न निकायमा हारगुहार गर्दा पनि सम्बोधन नभएपछि र नजिकबाट खालि बजारमा पानी ल्याउन कुनै मुहान नभएपछि स्थानीयकै लगानीमा डीडीएस मेसिन ल्याएर जमिनको पानी निकाल्न लागीएको खालि बजार व्यवस्थापन समितीका अध्यक्ष गिरीराज ओलिले जानकारि दिए ।


उनले भने, ‘खानेपानीको व्यवस्था कसैले गरिदिने भएन, त्यसैले डेढ लाख बढि लगानी गरेर हामी आफैले यो परिक्षण सम्पन्न गर्यौं ।’ शुरुमा जमिनबाट पानी ननिक्लीएपछि निराश बनेका खालि मिलनबजारका स्थानीयहरु १० वटा फलामे पाइप जमिनमा धसीसकेपछि पानी निक्लीदा हर्षित भएका छन् । यसैमाथी १५ लाख बढि खर्च हुने यस्तो परिक्षण डेढ लाखमै भएपछि उनीहरुमा थप खुसि थपिएको छ । ‘डीटीएस मेसिन सञ्चालन गरेको कम्पनीका अनुसार यहाँसम्म मेसिन ल्याएर परिक्षण गर्दा पन्ध्र बिस लाख भन्दा बढि लाग्छ रे,’ बजार व्यवस्थापन समितीका अध्यक्ष ओलिले भने, ‘रोलपामा काम सकेर यतैको बाटो भएर फर्काउदै गरेको मेसिनलाइ राखेर हामीले रीमको खालीमा परिक्षण गर्दा सस्तो परेको हो ।’

कसरि आउँछ जमिन माथी पानी ?

यो परिक्षण गर्न डीटीएस मेसिन एच एम एग्रीकल्चर एण्ड वोरवेल कम्पनी प्रालिकञ्चनपुरले ल्याएको हो । प्रालिका प्राविधिक कृष्ण विष्टका अनुसार यो परिक्षण खास गरि सिम क्षेत्र, हरियालि भएको ठाउँ या पुराना मुहान हराएको वा पुरिएको स्थानमा सफल हुन्छ । उनले भने, ‘सबैभन्दा जमिन मुनि गाड्ने पाइप जालि बनाइएको हुन्छ ।’ रीमको मायादेवी सामुदायीक वन क्षेत्रमा पर्ने कोप्चेपानीमा गरिएको परिक्षणमा ६ इन्च गोलाइ भएका १० वटा पाइप मेसिनको सहायताले जमिनमुनि घुसाइएको छ ।


‘शुरुमा ६ मिटर लामो पाइपलाइ प्वाँल र चिरा पारेर जाली बनाइ घुसायौँ,’ ‘प्राविधिक विष्टले भने, ३० मिटर तल पाइप घुसाउँदा पानी माथी आयो ।’ जमिन मुनिबाट ३२ देखि ४० मिलिमिटर पानी निस्कीएको अर्का प्राविधिक शंकर विष्टले जानकारि दिए । अव चौविसै घण्टा पानी आइरहने उनको दाबी छ । ‘हामीले २५० बढि ठाउँमा यस प्रकारको परीक्षण गरिसक्यौँ, एकदुइ ठाउँमा मात्रै पानी निक्लन सकेन ।

अन्यत्र सबै ठाउँमा नियमित पानी आइरहेको छ,’ उनले भने । बजार व्यवस्थापन समितीका अध्यक्ष गिरीराज ओलिको पहलमा गरिएको यस परीक्षणमा स्थानीय लगनशिल बचत समूहले लगानी गरेको ओलिले जानकारि दिए । समूहका व्यवस्थापक तुलसीराम योगीले आफ्नो समूहले गरेको लगानी खेर नगएको बताउँदै अव खानेपानी पाइन्छ की भन्ने विश्वास व्यक्त गरे ।

योजना सम्पन्न गर्न अझै ४० लाख बढि आवश्यक

अहिले खाली मिलनबजारका एकसय पचास बढि घरधुरिलाइ खानेपानीको चरम अभाव छ । गर्मीयाम शुरु भएमा त झन यहाँका वासिन्दाले ठूलो समस्या झेल्नुपर्छ । हिजोआज यहाँका बासिन्दाहरुलाइ करिव दुइ घण्टा समय लगाएर लिसेखोला र कोलबोट सम्म उकाली ओराली गरेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता छ । यो बाध्यताबाट मुक्ति पाउनका लागी परिक्षण सम्पन्न भएको योजनालाइ समपन्न गर्न आवश्यक छ । र यो योजना सम्पन्न गर्न झण्डै ४० लाख बढि खर्च लाग्ने अनुमान छ ।


पानी पिउनलाइ योग्य छ या छैन भनेर परिक्षण गर्न, इन्टेक तथा रिजर्व टंकी निर्माण गर्न र पानी सप्लाई गर्नका लागी ४० लाख भन्दा बढि लाग्ने प्राविधिक कृष्ण विष्टले बताए । स्थानीयले बचत गरेको रकमबाट जमिनमुनिबाट पानी निकाल्ने परिक्षण सम्पन्न भइसकेकाले वडापालिका, गाउापालिका तथा अन्य सहगोगी निकायहरुलाइ योजना सम्पन्न गर्नका लागी आर्थीक सहयोग माग्ने खालि मिलनबजार वासिको तयारि छ ।

यसैविच कपुरकोट ५ का वडाअध्यक्ष यम कुमार वस्नेतले यस प्रविधि मार्फत निस्कीएको पानी कती समयसम्म टिक्ने, योजना सम्पन्न गर्न कती रकम लाग्ने र कसरि योजनालाइ सफल पार्ने भन्ने बारेमा आफुहरुले काम अगाडी बढाउने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!