जिलेटिन अभाबमा तिन बर्षदेखी दार्चुला तिकंर सडक अलपत्र

Posted on: 14 Jun, 2018

लोकेन्द्र प्रशाद जोशी/ जेठ ३१ दार्चुला । बिस्फोटक पदार्थ अभावमा तीन बर्षदेखी राष्ट्रिय प्रार्थमिकताको दार्चुला तिंकर सडक निर्माणको काम अलपत्र परेको छ । त्रिदेशीय सीमाक्षेत्र जोडिने दार्चुला तिंकर सडक निर्माणको काम पटकपटक आग्रह गर्दा समेत नेपाली सेनाले सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा ठप्प जस्तै भएको हो ।

नेपाली सेनाले दार्चुला तिंकर सडक योजना निर्माणका लागि २० मेट्रिक टन विस्फोटक पदार्थ उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म एक चौथाई अर्थात ५ दशमलव ७ मेट्रिक टन मात्रै जिलेटिन उपलब्ध गराएको सडक योजनाले जनाएको छ ।

सडक कार्यालयले सेनालाइ १० मेट्रिकटन जिलेटिनको मूल्य भुक्तानी गरिसकेको भएपनि बिष्पोटक पदार्थ पाएको छैन ।

दार्चुला तिंकर सडकले गत जेठ २२ गते जिल्ला प्रशासन कार्यालयमा सात दिनभित्र १० टन विष्फोटक पदार्थ पुग्ने प्रतिबद्धता गरेपनि प्रतिबद्धता गरेको नबौ दिनमा समेत विष्फोटक पदार्थ पुगेको छैन् । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसंग बझाङ जिल्लामा निर्माणाधीन कालङगाड जलविद्युत आयोजनाबाट १० मेट्रिक टन विस्फोटक पदार्थ सापटी लिन लागिएको बताएपनि हालसम्म बिष्पोटक पदार्थ नआएको हो ।

कडा चट्टानी भूबनोटका कारण तिंकर सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गर्नुको विकल्प नभएका कारण योजनालाइ काम गर्न समस्या भएको छ । दार्चुला सदरमुकामदेखि १ सय ३० किलोमिटर अगाडि चीनको सिमाना जोडिने तिंकरसम्म सडक निर्माण गर्ने नेपाल सरकारको लक्ष्य छ । हालसम्म खलंगादेखि राप्लाको घाटिबगडसम्मको ६० किलोमिटर क्षेत्रमा टेण्डर खोली सडक निर्माणको सम्झौता भएकोमा ४० किलोमिटर लामो सडकको ट्रयाक खोल्ने काम सकिएको आयोजना प्रमुख रामचन्द्र शाहले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!