एनएमबि बैंकले १५ प्रतिशत बोनस शेयर दिने

Posted on: 26 Jul, 2018

काठमाडौं। एनएमबि बैंकले साउन ३१ गते २२ औं वार्षिक साधारणसभा गर्ने जनाएको छ।

बैंकले एफपिओबाट कायम भएका शेयरधनीलार्इ पनि १५ प्रतिशत बोनस शेयर दिने भएको छ। बैंकको एफपिओ निष्काशनपछि चुक्ता पूँजी ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।बोनश शेयरपछि ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ।

नेपाल राष्ट्र बैंकले निर्देशन गरेको ८ अर्ब पूँजीको लागि बैंकले एफफिओ र बोनस शेयरबाट पूरा गरेको छ। अन्य बैंक तथा वित्तीय संस्थाले मर्जर हकप्रद र बोनस शेयरको बाट रोजेको भएपनि एनएमबीले आफ्ना लगानीकर्तालार्इ थप भार नपारी पूँजी जुटाउने भएको हो।

साधारणसभा प्रयोजनको लागि साउन १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज हुनेछ। साउन १६ गतेसम्म कायम शेयरधनीले १५ प्रतिशत बोनस शेयर पाउने छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!