साउदी, कतार, मलेसिया, दुबई लगायत देशहरुको पैसाको मूल्य कति ? सुचिसहित

Posted on: 03 Oct, 2018

असोज १७, काठमाडौं । मंगलबार सोमबारको तुलनामा रियाल, दिर्हाम, दिनार र रिंगिटको भाउ केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १० पैसा र बिक्रिदर २८ रुपैयाँ २४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४१ र बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ८ रुपैयाँ ६२ पैसा र बिक्रिदर ३ सय १० रुपैयाँ २१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!