आजको लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार छ

Posted on: 23 Nov, 2018

मंसिर ७, काठमाडौं । यो हप्ता रियाल, रिंगिट, दिर्हाम, दिनार लगायतका विदेशी मुद्राको भाउ लगातार ओरालो लागेको छ । साताको अन्तिम दिन आज शुक्रबार विदेशी मुद्राको भाउ हप्ताकै सबैभन्दा कमजोर भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०६ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रिदर ३१ रुपैयाँ १४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रिदर २७ रुपैयाँ ०२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९९ र बिक्रिदर १० रुपैयाँ ०४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७० रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३ सय ७२ रुपैयाँ ९६ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ २३ पैसा र बिक्रिदर ३ सय ८२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!