सुनको भाउ फेरि बढ्यो, कति पुग्यो ?

Posted on: 29 Jan, 2019

माघ १५, काठमाडौं । मंगलबार (माघ १५) सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

अघिल्लो कारोबारमा सुन ६१ हजार ४ सय रुपैयाँ थियो ।

तेजावी सुन भने प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!