नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स अमेरिकाबाट, कुन देशबाट कति आयो ? (सूचीसहित)

Posted on: 30 Aug, 2019

भदौ १३, काठमाडौँ | नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म अर्थात ११ महिनामा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको छ। मुलुकमा भित्रिने रेमिट्यान्स वर्षेनी बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष १७ प्रतिशतले रेमिट्यान्स बढेको छ।

गत आर्थिक वर्षमा यी तीनै राष्ट्र नेपालमा धेरै रेमिट्यान्स पठाउनेमा ‘टप टेन’को सूचीमा छन्   ।

भारत दोस्रो स्थानमा पर्न सफल भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा अमेरिकाबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च छ। गत आर्थिक वर्ष अमेरिकाबाट मात्रै १ अर्ब ६४ करोड डलर रेमिट्यान्सका रूपमा भित्रिएको छ।

गत आर्थिक वर्ष नेपालमा धेरै रेमिट्यान्स पठाउने टप टेन मुलुक

देश

भित्रिएको रेमिट्यान्स (डलरमा)

अमेरिका

१ अर्ब ६४ करोड

भारत

८१ करोड १९ लाख

साउदी अरब

७८ करोड ४२ लाख

यूएई

७४ करोड ४७ लाख

मलेसिया

६५ करोड ५१ लाख

जापान

५८ करोड ५२ लाख

रोमानिया

४९ करोड २० लाख

कोरिया

२८ करोड ९६ लाख

बहराइन

२० करोड ९४ लाख

कतार

१६ करोड ६० लाख

स्रोतः नेपाल राष्ट्र बैंक

यस बिषयमा तपाइको प्रतिक्रिया...!