अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौं | नेपाल विद्युत प्राधिकरणले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएको छ । आइतबार बिद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङले यस्तो बताएका हुन् ।

पछिल्लो समय मुलुकमा विद्युत उत्पादन बढेको र वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् । विद्युतीय चार्जिङ पोईन्टको नीति बनिसकेको र यसको कार्यन्वयनमा जान लागिएको कार्यक्रममा बताएका छन् । 

यसले पेट्रोलियम सवारी साधन भन्दा ८० प्रतिशत खर्च सम्म कम आउने प्राधिकरणले जनाएको छ । घरबेटीलाई डेरावालसङ्ग बढी शुल्क नलिन विद्युत प्राधिकरणको चेतावनी 

नेपाल विद्युत प्राधिकरणले घर भडामा बस्ने सङ्ग बढि भाडा नलिन चेतावनी दिएको छ ।  आइतबार प्राधिकरणको विगत तीन बर्षको उपलब्धि र भावी कार्ययोजनाका बारेमा गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले घरबेटीलाई विद्युतको ब्यापार नगर्न आग्रह गरेका हुन् । 

उनले भने, ‘घरबेटीले विद्युतको व्यापार गर्न पाउँदैनन्। त्यस्तो भएको अवस्थामा प्राधिकरणले हस्तक्षेप गर्न सक्छ । १३ रुपैयाँ युनिट तिरेर २० रुपैयाँ लिन पाउँदैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!