विश्व बैंकले दियो प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण

Posted on: 28 Nov, 2019

मंसिर १२, काठमाडौँ | नेपाललाई विश्व बैंकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब रुपैयाँ ऋण दिएको छ | बुधबार अर्थमन्त्रालयमा ‘युवा रोजगारी  रुपान्तरण पहल परियोजनाको लागि नेपाल सरकार र विश्व बैंकबीच १३ अर्ब ६३ करोड ऋण सम्झौतामा हस्ताक्षर भएको हो |

सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुषालका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत पूर्ण ऋण दुई काममा खर्च हुने छ |  यो ऋण ७ सय ५३ वटै स्थानीय तहमा बेरोजगार तथ्याङ्क संकलन तथा त्यसको लागि सूचना प्रणालीको विकास गर्न खर्च हुने भुषालले बताए |

प्रधानमन्त्री कार्यक्रममा सूचीकृत भएका बेरोजगार युवालाई एक सय दिन काम गरेको तलब पनि यसै ऋणबाट दिइने भएको छ | सरकारले लिएको उक्त ऋणको ब्याजदर भने एक प्रतिशत हुने छ | त्यस्तै विश्व बैंकले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ को लागि नेपाललाई २ अर्ब ७४ करोड १३ लाख सहयोग गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!