काठमाडौंमा एलिभेटेड मेट्रो रेल, केहि दिनमा सम्झौता हुँदै

Posted on: 31 Dec, 2019

पुष १५, काठमाडौँ | रेल विभागले सातदोबाटो-रत्नपार्क-चक्रपथ ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने तयारी गरेको छ । 

रेल मार्ग निर्माणको लागे केही दिनमै कम्पनी छनोट भई काम अगाडी बढ्ने भएको छ । मेट्रो रेल संचालन गर्न डीपीआरका लागि रेल विभागले चाइना रेल्वे सियुआन एन्ड डिजाइन ग्रुप, डीओएचडुब्लुए-डीएमईसी जेभी, सिस्त्रा मेनहाडर्ट जेभी, दोम उदय जेभी, बार्सिल-युसिन-एफसीबी जेभीलाई सर्ट लिस्टमा राखेको छ । 

सातदोबाटो-रत्नपार्क-चक्रपथ रुटमा रेल चलाउनको यस अघि नै कोरियन कम्पनीमार्फत विभागले सम्भाब्यता अध्ययन गरिसकेको थियो । 

उपत्यकामा भूमिगत रेलमार्गको चर्चा चलेपनि रेल बिभागले भूमिगत नभई एलिभेटेड अर्थात् सडकमाथि पुल राखेर निर्माण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको थियो । अध्ययन पनि यसैअनुरुप हुने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!