कृषि विकास बैंक ह्याकिङ प्रकरण: एकजना पक्राउ

Posted on: 05 Jan, 2020

पुस २०, काठमाडौँ | कृषि विकास बैंक ह्याक गरेर पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक  जना पक्राउ परेका छन् | पक्राउ पर्नेमा मोरङका  ४३ वर्षीय दीपक नेपाल रहेका छन् | उनी कृषि विकास बैंकको गोल्फुटार शाखामा ९ लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला पक्राउ गरिएको महाशाखा प्रहरी महाशाखाले जनाएको छ |

उनको खातामा  एक करोड मौज्दात रहेको प्रहरीले जनाएको छ | खातामा  रहेको पैसा झिक्न उनले टक-पटक प्रयास गरिरहेका थिए | सोही क्रममा गोल्फुटार पुगेको सूचना बैंकबाटै आएपछि प्रहरीले नेपाललाई पक्राउ गरेको हो |

उनी  ह्याक गर्ने समूहका एजेन्ट रहेको खुलेको छ | गत असोज ५ गते सिरहा शाखाको उक्त पैसा सिस्टम ह्याक गरेर बैंकको केन्द्रीय कार्यालय पुर्‍याइएको थियो | पछि उक्त रकम बैंकबाट विभिन्न व्यक्तिले निकालेका थिए |

यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ | कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिकेको प्रकणमा ३६ जना प्रतिवादी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!