सिटिजन्स बैंकका ४ नयाँ शाखा बिस्तार

Posted on: 19 Jan, 2020

माघ ५, काठमाडौँ | आइतबार सिटिजन्स बैंकले चार वटा नया शाखाहरु संचालनमा ल्याएको छ | चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरु संचालनमा ल्याएको हो |

शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो | शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकले जनाएको छ |

सिटिजन बैंकले ८९ वटा शाखा, ८५ वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ एकाईहरुबाट सेवा दिदैं आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!