हिमालय एअरलाइन्सले गर्यो चीनमा उडान स्थगित

Posted on: 03 Feb, 2020

माघ २०, काठमाडौँ | हिमालय एअरलाइन्सले चिनका तीनवटा सहरमा गर्दै आएको उडान स्थगित गरेको छ | चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण अहिले सबै विदेशी नागरिकहरु स्वदेश फिर्ता भईसकेका छन् | 

तत्कालका लागि एअरलाइन्सले चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको छ |  कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको हो |

हिमालयले चार्टड उडान गरिरहेका तीन गन्तव्यको उडान स्थगन गरे पनि नियमित उडान भने भैरहेको र बेइजिङ तथा छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने बताएको छ | सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताएकाछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!