११ वटा वाणिज्य बैंकले गरे वित्तीय विवरण सार्वजनिक,कसको कति छ नाफा ?

Posted on: 03 Feb, 2020

माघ २०, काठमाडौं | चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण हाल सम्म ११ वटा वाणिज्य बैंकले  सार्वजनिक गरेका छन् | ११ वाणिज्य बैंकहरुमध्ये, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकको नाफा घटेको छ भने अन्य बैंकको नाफा सामान्य बढेको छ |

एभरेष्ट बैंक

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा डेढ अर्ब नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५.५९ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ८६ करोड ४९ लाख रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप ८.९७ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९।२६ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ८.६६ प्रतिशतले बढेर २ अर्ब ६७ करोड पुगेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रहेको छ भने रिजर्भमा ९ अर्ब रहेको छ ।

बैंकको खराब कर्जा ०.१९ प्रतिशतबाट घटेर ०.१६ प्रतिशत कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी (ईपिएस) ३५.४८ रुपैयाँ, प्रति शेयर नेट वर्थ २०६.५३ रुपैयाँ , र मूल्य आम्दानी अनुपात १६.८० गुणा रहेको छ । त्यस्तै बैंकको कोषको लागत ६.४४ प्रतिशत रहेको छ भने बेस रेट ८.४६ प्रतिशत रहेको छ ।

प्राइम कमर्सियल बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले एक अर्ब ३० करोड सात लाख ८७ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२।६१ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा ८६ करोड ५९ लाख ५९ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी २२।०३ प्रतिशतले बढेर दुई अर्ब १६ करोड ४६ लाख १० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले एक अर्ब ८५ करोड ३८ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्तसम्ममा नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा तीन अर्ब १९ करोड ६७ लाख ३१ हजार राखेको छ । यो अवधिमा ८० अर्ब ३५ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकको बैंकको कर्जा लगानी ८० अर्ब ९१ करोड ५४ लाख रुपैयाँ रहेको छ |

बैंकको खराब कर्जा १.४५ प्रतिशतमा झरेको छ । बैंकको सिसिडि रेसियो ७६.५४ प्रतिशत, पुँजीकोष अनुपात १३.२३ प्रतिशत, कोषको लागत ७.६५ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.११ प्रतिशत र आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी २६.८६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५८.४१ रुपैयाँ र मुल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ ।

एनआईसी एशिया बैंक

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकको खुद मुनाफा ३३ प्रतिशतले बढेर दुई अर्ब एक करोड पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने एक अर्ब सात करोड रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकले तीन अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने संचालन मुनाफा दुई अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा कर्जा १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप ६ अर्बले वृद्धि गरी १८६ अर्ब पुर्याएको छ । चुक्तापुँजी नौ अर्ब ७१ करोड रुपैयाँ रहेको बैंकले जगेडा कोषमा चार अर्ब ९७ करोड रुपैयाँ राखेको छ ।

खराब कर्जा बढेर ०.४६ प्रतिशत पुगेको बैंकको सिसिडि रेसियो ७८.१८ प्रतिशत, पुँजीकोष अनुपात १२.७५ प्रतिशत, कोषको लागत ६.९३ प्रतिशत, व्याजदर अन्तर ५.०२ प्रतिशत र आधार व्याजदर ९.६२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ४१.६१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६४.८७ रुपैयाँ र मुल्य आम्दानी अनुपात १०.६५ गुणा रहेको छ ।

कुमारी बैंक

कुमारी बैंक प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा २१.२१ प्रतिशतले वृद्धि भएको छ | बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा ८० करोड ३० लाख नाफा गरेको छ | गत वर्षको ६ महिनामा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो | यो अवधिमा बैंकले ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७३ अर्ब १ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा अनुपात १.०४ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात १.२२ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ७.५० प्रतिशत छ । गत वर्ष ८.१२ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) गत वर्ष ७८.०७ प्रतिशत थियो, यो वर्ष ७८.६१ प्रतिशत छ |

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले ६ महिनामा ८२ करोड रुपैयाँ नाफा कमाएको छ | बैंकले गत आर्थिक वर्षको सोही अवधीमा ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले ६ महिनामा वितरण योग्य नाफा ६० करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकले यो अवधीमा ९७ अर्ब निक्षेप संकलन गरेर ८७ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो भने ७८.२७ प्रतिशत कायम गरेको छ । बैंकले खुद ब्याज आम्दानी एक अर्ब ९८ करोड रुपैया पुर्याएको छ । ८ अर्ब ४५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ रहेको छ |बैंकको कस्ट अफ फण्ड ७.६४ प्रतिशत छ भने आधार ब्याज दर १०.२६ प्रतिशत छ । स्प्रेड दर भने ५.२४ प्रतिशत रहेको छ |

सिटिजन्स बैंक

सिटिजन्स बैंकको नाफा आठ करोड २६ लाख ४४ हजार रुपैयाँले घटेको छ । बैंकले ६८ करोड ७७ लाख एक हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ६२ करोड १० लाख ५९ हजार रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी घटेर एक अर्ब ४३ करोड ७९ लाख ९९ हजार रुपैयाँ आर्जन भएको छ भने ९५ करोड ५९ लाख ७९ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्तसम्ममा आठ अर्ब ६२ करोड २१ लाख ९६ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब ८८ करोड ३१ लाख ९५ हजार रुपैयाँ राखेको छ । बैंकले ७५ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ६९ अर्ब नौ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ |

खराब कर्जा ०.९९ प्रतिशत रहेको बैंकको सिसिडि रेसियो ७८.८६ प्रतिशत, पुँजीकोष अनुपात १२.७८ प्रतिशत, कोषको लागत ७.९४ प्रतिशत, आधार ब्याजदर १०.७९ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.३२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १५.९५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४१.१३ रुपैयाँ रहेको छ |

लक्ष्मी बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैंकले ९० करोड ३० लाख २९ हजार खुद मुनाफा आर्जन गरेको छ | गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफा २४.७६ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड १८ लाख ४४ हजार रहेको छ |

बैंकको खुद ब्याज आम्दानी १९.९५ प्रतिशतले बढेर एक अर्ब ७४ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने एक अर्ब २९ करोड ४१ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्त सम्ममा नौ अर्ब ८१ करोड २५ लाख ६० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब ३० करोड ४२ लाख ४१ हजार रुपैयाँ राखेको छ । यो अवधिमा ८८ अर्ब २३ करोड आठ लाख रुपैयाँ मात्रै निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ८५ अर्ब पाँच करोड २६ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ०.८८ प्रतिशतमा झरेको छ । बैंकको सिसिडि रेसियो ७८.३५ प्रतिशत, पुँजीकोष अनुपात १३.१७ प्रतिशत, कोषको लागत ७.२१ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.२३ प्रतिशत र आधार ब्याजदर १०.०९ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १८.४१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३३.९० रुपैयाँ र मुल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ ।

सनराइज बैंक

सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ९४ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोडले बढी हो । बैंकको वितरणयोग्य नाफा ५१ करोड ९० लाख रुपैयाँ रहेको छ ।

बैंकले दुई अर्ब चार करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने संचालन मुनाफा दुई अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ । पुष मसान्तसम्ममा आठ अर्ब ९६ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब ९३ करोड रुपैयाँ राखेको छ । यो अवधिमा ८२ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा १.६९ प्रतिशत भएको बैंकको सिसिडि रेसियो ७४.५४ प्रतिशत, पुँजीकोष अनुपात १५.१४ प्रतिशत, कोषको लागत ७.१४ प्रतिशत, स्प्रेड रेट ५.१४ प्रतिशत र बेस रेट ९.९९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २१.०६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४२.२६ रुपैयाँ र मुल्य आम्दानी अनुपात ११.२१ गुणा रहेको छ ।

नेपाल बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको मुनाफा १८।६ प्रतिशतले घटेको छ । पुष मसान्तसम्ममा बैंकले एक अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ३७ लाख १९ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १३.३३ प्रतिशतले घटेर तीन अर्ब १६ करोड ७२ लाख रुपैयाँ आर्जन भएको छ भने संचालन नाफा एक अर्ब ७३ करोड ४६ लाख रुपैयाँमा झरेको छ । पुष मसान्त सम्ममा नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख ९४ हजार रुपैयाँ राखेको छ । एक खर्ब १७ अर्ब १२ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.६६ प्रतिशतमा झरेको छ । बैंकको सिसिडि रेसियो ७४.९३ प्रतिशत, पुँजीकोष अनुपात १७.४१ प्रतिशत, कोषको लागत ५.१९ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.४४ प्रतिशत र आधार ब्याजदर ७.८२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २७.५७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २९७.५५ रुपैयाँ र मुल्य आम्दानी अनुपात १०.०५ गुणा रहेको छ ।

सिद्धार्थ बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा चार करोडले घटेको छ । बैंकले एक अर्ब दुई करोड ६५ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५७ करोड ४९ लाख २५ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी २१.१९ प्रतिशतले बढेर दुई अर्ब ७७ करोड ३८ लाख रुपैयाँ आर्जन भएको छ भने संचालन मुनाफा घटेर एक अर्ब ५२ करोड ६ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्तसम्ममा नौ अर्ब ७८ करोड ७७ लाख ६८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा तीन अर्ब ८५ करोड ८४ लाख ९४ हजार रुपैयाँ राखेको छ । बैंकले एक खर्ब २६ अर्ब ५४ करोड ५० लाख निक्षेप संकलन गरेर एक खर्ब १८ अर्ब ३६ करोड ४२ लाख कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.५५ प्रतिशतमा झरेको छ । बैंकको सिसिडि रेसियो ७८.४१ प्रतिशत, पुँजीकोष अनुपात १२.८६ प्रतिशत, कोषको लागत ७.२७ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१७ प्रतिशत र आधार ब्याजदर १०.०४ प्रतिशत रहेको छ । यस्तै बैंकको प्रतिशेयर आम्दानी २१.५७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५०.७२ रुपैयाँ र मुल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकले एक अर्ब १४ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८४ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ९५ करोड ९ लाख २२ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १३.५४ प्रतिशतले बढेर दुई अर्ब १६ करोड ८० लाख रुपैयाँ पुगेको छ भने एक अर्ब ६२ करोड ३८ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्तसम्ममा आठ अर्ब ८० करोड १३ लाख ८० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब ४२ करोड दुई लाख ५० हजार रुपैयाँ राखेको छ । ९९ अर्ब ३० करोड पाँच लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ |

बैंकको खराब कर्जा बढेर ०.४१ प्रतिशत पुगेको छ । बैंकको सिसिडि रेसियो ७८.०५ प्रतिशत, पुँजीकोष अनुपात १२.७८ प्रतिशत, कोषको लागत ७.३३ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.०४ प्रतिशत र आधार ब्याजदर ९.२९ प्रतिशत रहेको छ । यस्तै बैंकको प्रतिशेयर आम्दानी २६.१५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३९.०६ रुपैयाँ र मुल्य आम्दानी अनुपात १३.१२ गुणा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!