दैलेखमा पेट्रोलियम पदार्थ भएको पुष्टि,यसरी हुदै छ अन्वेषण कार्य

Posted on: 12 Feb, 2020

माघ २९, दैलेख | दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अगाडी बढिरहेको छ | जिल्लाको दुल्लु नगरपालिकामा कात्तिक महिनाबाट क्याप निर्माण गरेर विज्ञहरुको समूह बसेर काम सुरु गरेका हुन् | हालसम्म  ८० प्रतिशत सम्पन्न भइसकेको बताइएको छ | 

अब २ महिनामा सर्भेको काम सकिनेछ | चाइना जियोलोजीकल सर्भेका विज्ञहरुले पेट्रोलियम पदार्थ रहेको र त्यसको उत्खनन तथा उपयोग गर्न सकिने प्रारम्भिक रिपोर्ट नेपाललाई बुझाइसकेको छ | अन्वेषणको प्रक्रिया शुरु हुँदै गर्दा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएकाले दैलेखको भूभागमा ग्याँस र पेट्रोलियम पदार्थ दुवै हुनसक्ने सम्भावना रहेको छ |

सर्भेपछि डिलीङको काम हुने र त्यसपछि २ वर्षपछि नेपालमै भएको पेट्रोलियम पदार्थको उत्खनन् हुने परियोजनाले जनाएको छ | प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो ।

सोही सम्झौताका आधारमा चीनियाँ टोलीले सर्भे गरिरहेको छ | विदेशका अन्य भूभागमा गरिएका सर्भेलाई आधार मान्ने हो भने छिद्र देखिएका स्थान र ग्याँस निस्किएका स्थानकै आसपासमा भण्डारण भेटिएकाले दैलेखको भूभागमा पनि भण्डारणको सम्भावना भएको ब्ताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!