नेपाल टेलिकमको नाफा घट्यो,छ महिनाको नाफा कति ?

Posted on: 13 Feb, 2020

फागुन १, काठमाडौँ | नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ५५ लाख रुपैयाँले घटेको छ | कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको ग्राहकलाई सेवा बिक्री गरे वापतको आम्दानी पनि ४.८२ प्रतिशतले घटेको छ |

पुस मसान्तसम्ममा कम्पनीको बिक्री आम्दानी ४० करोड ४५ लाख रुपैयाँ घटेर १८ अर्ब ३ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ | कम्पनीले गत आवको पुस मसान्तसम्म ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ०.३१ प्रतिशतले खुद नाफा घटाएर ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ कायम गरेको छ |

कम्पनीको हाल चुक्ता पुँजी १५ अर्ब रुपैयाँ र जगेडा कोषमा ७४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ | उक्त समयमा अवधिमा कम्पनीको प्रतिसेयर मूल्य ६५.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.७९ गुणा छ भने प्रतिसेयर नेटवर्थ ५९५.७५ रुपैयाँ रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!