आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौँ | शुक्रबार सुनको मूल्य प्रतितोला ७६ हजार रहेको छ | तेजाबी सुनको मूल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ | आज चाँदीको मूल्य ८ सय ८० रुपैयाँ काम भएको छ |

गत माघ महिनामा सुनको भाउ समग्रमा तोलामा एक हजार रुपैयाँले बढेको छ। गएको माघ १ गते तोलाको ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ महिनाको अन्तिम दिन बुधबार तोलाको ७५ हजार सात सय रुपैयाँ पुगेको हो |

गएको माघ १९ र २० गते सुनको भाउ बढेर तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको थियो। यसअघि पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो साढे ७६ हजार रुपैयाँ पुगेको थियो। गएको माघ २० गतेपछि घटबढ हुँदै सुनको भाउ बुधबार तोलाको ७५ हजार सात सय रुपैयाँ पुगेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!