आज सुनको भाउ बढ्यो हेर्नुहोस

Posted on: 16 Feb, 2020

फागुन ४, काठमाडौँ | आज सुनको मुल्य बढेको छ | प्रतितोला रु ५ सय बढेर आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ | यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो |

माघ महिनामा घटबढ हुँदै आएको सुनको भाउ  माघ १९ र २० गते तोलाको साढे ७६ हजार रुपैयाँ सुनको भाउ पुगेको थियो | फेरी फागुनको महिना पनि उकालो लागेर उक्त मुल्य भेटाएको छ | आज चाँदीको मुल्य प्रतितोला ८सय ८५ कायम भएको छ |

चीनमा कोरोना भाइरस फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले अझै बढ्न सक्ने आशंका गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!