सुनको मूल्य बढेर नयाँ रेकर्ड, कति पुग्यो प्रतितोला ?

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाडौँ | बुधबार सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ | आज प्रतितोला छापावाल सुनको मूल्य  ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | मंगलबार प्रतितोला छापावाल सुनको मूल्य ७८ हजार ३ सय कायम भएको थियो |

त्यस्तै आज तेजावी सुनको भाउ ८० हजार २ सय कायम भएको छ | बुधबार चाँदीको मुल्य पनि बढेको छ | मंगलबारको तुलनामा रु २० ले बढेर प्रतितोला ८ सय ८० मा कारोबार भइरहेको छ | यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो |

चिनको हुवानबाट फैलिएको कोरोनाभाइरसका कारण सुनको मूल्य लगातार बढिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!