सुनको मूल्य बढ्यो

Posted on: 08 Mar, 2020

फागुन २५, काठमाडौँ | आइतबार सुनको मूल्य बढेको छ | शुक्रबारको तुलनामा रु २ सयले बढेर आज छापावाल सुनको मुल्य प्रतितोला रु ८२ हजार सय ५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार २ सय कायम भएको छ | आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ | प्रतितोला चाँदी ८ सय ९० मा कारोबार भइरहेको छ | पछिल्लो दुई साता देखि सुनको मूल्य लगातार आकासी रहेको छ | 

विश्व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सुनको मूल्य दिनप्रतिदिन बढिरहेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!