सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, कति छ प्रतितोला ?

Posted on: 10 Mar, 2020

फागुन २७, काठमाडौँ | मंगलबार सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ | यस अघि आइतबार ८२ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सय बढेर छापावाल सुन ८२ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार ४ सय कायम भएको छ | तर चाँदीको मूल्य भने घटेको छ | शुक्रबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो |  गत शुक्रबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो |

चिनको हुवानबाट सुरुभएर विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण लगातार सुनको मूल्य बढिरहेको छ | सुनको मूल्य आकाशिदै गएपछि ग्राहाकहरु निकै कम आउने गरेको व्यवसायीहरु बताउँछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!