डलरको भाउ १ सय १९ नजिक, आज कति छ अन्य देशको विनिमय दर ? हेर्नुहोस्

Posted on: 12 Mar, 2020

फागुन २९, काठमाडौँ | केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै जाँदा आज नेपाल राष्ट्र बैंकले १ सय १८ रुपैया १२ पैसा (बिक्रीदर) तोकेको छ । आज डलरको खरिददर भने १ सय १७ रुपयाँ ५२ पैसा रहेको छ । 

मंगलबार र बुधबार यस्तो दर क्रमशः १ सय १८ रुपैया ८४ पैसा र १ सय १८ रुपैया ९० पैसा थियो । यसअघिको उच्च विन्दुको तुलनामा बिहीबारको विनिमय दर ०.४३ पैसाले मात्र कम हो । 

नेपाली मुद्रा कमजोर हुनु भनेको अमेरिकी डलरको तुलनामा भारु कमजोर हुनु हो । नेपाली रुपयाँ र भारतीय रुपयाँबीच विनिमय दर स्थिर छ । यसको मतलब भारतीय रुपयाँ बलियो हुँदा नेपाली रुपयाँ समेत समान रुपले बलियो हुन्छ । 

अहिले विश्वबजारमा फैलिएको कोरोना र कमजोर भारतीय अर्थतन्त्रका कारण भारु कमजोर भएको बताइएको छ, जसले गर्दा प्रत्यक्ष रुपमा त्यसैको असर नेरुमा पनि परको छ । 

यता अमेरिकामा पनि कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि उसको अर्थतन्त्र पनि प्रभावित हुने बताइएको छ ।  अमेरिकामा अपेक्षित रूपमा कोरोना नियन्त्रण नभएमा उसको अर्थतन्त्र पनि कम्जोर बन्ने र त्यसैको प्रभावले अमेरिकी डलरको भाउ घट्न सक्छ । 

आज जापानको मुद्रा ऐनको खरिददर जापानी ऐन १० को बराबर नेपाली रु. ११ रुपयाँ २१ पैसा रहेको छ भने बिक्रीदर ११ रुपयाँ २७ पैसा रहेको छ ।

त्यस्तै आज साउदीको १ रियालको खरिददर ३१ रुपयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपयाँ ४७ पैसा रहेको छ । 

त्यस्तै आज १ कतारी रियालको खरिददर ३२ रुपयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपयाँ ४३ पैसा रहेको छ ।

यता १ युएई दिह्रामको खरिददर ३१ रुपयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपयाँ १६ रुपयाँ रहेको छ । 

त्यस्तै आज १ मलेसियन रिंगिटको खरिददर २७ रुपयाँ ७७ पैसा रहेको छ भने बिक्रीदर २७ रुपयाँ ९१ पैसा रहेको छ । 

थप जानकारी तल हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!