सुनको मूल्य ३ हजारले घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on: 13 Mar, 2020

फागुन ३०, काठमाडौँ | शुक्रबार एकै दिन प्रतितोला सुनको मूल्य तिन हजारले घटेको छ | प्रतितोला छापावाल सुनको मूल्य ७८हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

बिहिबार छापावाल सुनको प्रतितोला ८१ हजार ५ सयमा कारोबार भएको थियो |

तेजाबी सुन प्रतितोला ७८ हजार २ सयमा कारोबार भइरहको छ | मंगलबार अहिलेसम्मकै बढी ८२ हजार ७ सयमा कारोबार भएको सुन त्यस यता लगातार ओरालो लागेको छ | सुन बुधबार ८२ हजार ३ सय र बिहीबार ८१ हजार ५ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो |

शुक्रबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ | बिहीबारको तुलनामा रु ४० ले घटेर प्रतितोला चाँदी ८ सय २० मा कारोबार भइरहेको छ | विश्वव्यापीरुपमा फैलिरहेको कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निकै घटबढ भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!