सुनको भाउ घट्यो

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौँ | आज आइतबार सुनको मूल्य प्रतितोला १५ सयले घटेको छ | साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्यमा आज १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

अघिल्लो महिना निरन्तर उकालो लागेको सुनको भाउ फेरी घटेको हो | त्यस्तै आज तेजाबी सुनको मूल्य आज प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ | अघिल्लो साता ८२ हजार ७ सयमा कारोबार भएर सुनको मूल्यले किर्तिमान राखेको थियो | त्यस यता भने ओरालो लागेको छ |

चाँदीको मूल्य आज पेतितोला ७ सय ९० मा कारोबार भइरहेको छ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दै आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!