फेरि बढ्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

Posted on: 16 Mar, 2020

चैत ३, काठमाडौं | सोमबार फेरि सुनको भाउ बढेको छ | आइतबारको तुलनामा रु.५ सयले बढेर आज प्रतितोला छापावाल सुन ७७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार २ सय कायम भएको छ | पछिल्लो समय लगातार ओरालो लागेको सुनको मुल्य साताको दोश्रो दिन फेरि बढेको हो | आज चाँदीको मूल्य भने स्थिर रहेको छ | प्रतितोला चाँदीको मूल्य ७ सय ९० कायम भएको छ |

गत डिसेम्बरमा चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस(कोभिड-१९)का कारण विश्व्यापी अर्थतन्त्रमा असर पारेको छ | जसले गर्दा दिनदिनै सुनको मूल्य बढिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!