सल्यानमा राजस्व संकलन बढ्यो, सिचाईबाट २ करोड भन्दा बढि फ्रिज

Posted on: 17 Jul, 2016

नविन रावत, साउन २, सल्यान । सल्यानमा यो बर्ष गत बर्ष भन्दा ७७ लाख भन्दा बढी राजस्व संकलन भएको छ । भर्खरै सकिएको आर्थिक बर्षमा ७ करोड ६३ लाख ८७ हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानले जनाएको छ । गत बर्ष ६ करोड ८६ लाख ३३ हजार मात्रै राजस्व संकलन भएकोमा यो बर्ष अग्रिम आय, राहदानी, मुल्य अभिवृद्धि, पारिश्रमिक कर तथा बनको रोयल्टीबाट उक्त रकम संकलन भएको हो ।


      यो बर्ष राजस्व संकलनका लागि कडाइ गरिएकोले सल्यानमा वृद्धि भएको कोष नियन्त्रक पदम प्रसाद घिमिरेले जनाएका छन । अवको आर्थिक बर्षमा झनै राजस्व वृद्धि हुने घिमिरेले जनाएका हुन । हरेक व्यक्ति करको दायरामा आउनुपर्ने भन्दै उनले जनताको काम गर्न खटिएका कर्मचारीबाट नै गतबर्ष भन्दा बढि राजस्व संकलन भएको हो ।


      त्यस्तै जिल्ला विकास समिति, प्राविधिक कार्यालय, सिंचाई, खानेपानी लगायतका कार्यालयबाट ठुलो मात्रामा रकम फ्रिज भएको पनि उनले जानकारी दिएका छन । विकासे कामकाजका अड्डा जिविस र प्राविधिक कार्यालयबाट रकम फ्रिज जानु स्वभाविक भएता पनि अन्य कार्यालयबाट फ्रिज हुनुमा कर्मचारीको कमजोरी भएको भन्दै कतै कर्मचारीको अभाव हुनु र कतै भएका कर्मचारी पनि काजमा अन्य ठाउमा जानुले जिल्लाको विकासमा समस्या आएको बताएका छन ।


      सल्यानमा सबैभन्दा बढि रकम सिचाई डिभिजन कार्यालयबाट फ्रिज भएको छ । पुजिगत तर्फ ३ करोड ४१ लाख ७५ हजार कुल बजेट रहेको सिचाई कार्यालयको २ करोड ५६ लाख २७ हजार रुपैयाँ फ्रिज भएको हो । कार्यालयमा कार्यालय प्रमुखको नियमित नआउदा सिचाइ कार्यालयबाट हुने योजनाहरु सम्झौता नभएकाले रकम फ्रिज भएको हो ।


निर्माणको काम हुने सिचाई कार्यालयमा टेन्डर प्रक्रियाबाट ठेक्काको काम हुने भएकाले यसले आगामी नयाँ आर्थिक बर्षलाई पनि असर पार्ने अर्को बर्ष पनि रकम फ्रिज भएर जाने पक्का छ । सिचाई डिभिजन कार्यालयमा कार्यालय प्रमुख नहुदा अन्य कर्मचारीले हाँजिरी लगाउने र जाने मात्रै गरेको एक कर्मचारीले जानकारी दिएका छन ।


      त्यस्तै जिल्ला खानेपानी तथा सरसफाई कार्यालयबाट पनि लाखौ रकम फ्रिज भएको छ । सरसफाईको कार्यक्रम गरेर भर्खरै जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणामा अगुवाइ गरेको कार्यालयबाट ६० लाख रकम फ्रिज भएको हो । केहिदिन अघि भएको जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले सल्यानमा रकम खर्च गर्न नसकेका कारण दिन खोजेको रकम पनि फिर्ता भएको बताएका थिए ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!