सुनको भाउ हालसम्मकै महँगो

Posted on: 31 Jul, 2020

साउन १६, काठमाडौँ । सुनको भाउले आजपनि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।

यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ निरन्तर बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको  थियो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । 

चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!