सुनको भाउ हालसम्मकै महँगो, आइतबारको मूल्य कति ? हेर्नुहोस्

Posted on: 02 Aug, 2020

साउन १८, काठमाडौँ । सुनको भाउले आजपनि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।

यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ निरन्तर बढिरहेको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । 

चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!