डोल्पामा बाँध बगाएपछि तीन वडामा विद्युत् अबरुद्ध

Posted on: 14 Aug, 2016

साउन ३०, डोल्पा । त्रिपुराकोट गाविस– १ मा रहेको छलगाड लघु जलविद्युत् आयोजनाको कुलाको बाँध बगाएपछि तीन वटा वडामा विद्युत् आपूर्ति बन्द भएको छ 

शुक्रबार राति छलगाड खोलामा बहाव बढेर २० मिटर पक्की बाँध बगाइएपछि विद्युत् आपूर्ति बन्द भएको हो । 

बाँध बगाउँदा करिब रु १५ लाख बराबरको क्षति भएको स्थानीयवासी दिलीप गिरीले बताउनुभयो । 

विद्युत् आपूर्ति बन्द भएर तीन वडाका करिब ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!