घट्टेखोला दरेगौणा सिचाई कुलो कालिका ४ को निर्माण कार्य सम्पन्न

Posted on: 20 Sep, 2016

कमल रावल । असोज ४, अछाम । घट्टेखोला दरेगौणा सिचाई कुलो कालिका ४ लिडिको काम सम्पन्न गरि सार्वजनिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वीस सरकार र नेपालको सरकारको आर्थिक सहयोग तथा साना सिचाई परियोजना सिप अछामको प्राविधिक सहयोगमा कुलो निर्माण कार्य सम्पन्न भएको हो । 

उपभोक्ता समितीका अध्यक्ष तपेन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा साना सिचाई परियोजना सिप अछामका प्रमुख जनक स्वर्णाकार प्रमुख अथिती रहनु भएको थियो । २०७३ जेठ १ गते बाट निर्माण कार्य सुरु भएको सिचाई स्वीस सरकार र नेपाल सरकारको १८ लाख ६५ हजार स्थानियको १ लाख ३५ हजार जनश्रमदान गरि २० लाखमा सम्पन्न भएको हो । सिचाई कुलो निर्माण भएपछी कालिका ४ का १ सय १ घरदुरिका स्थानिय प्रत्यक्ष रुपमा लाभान्वीत हुने भएका छन । 

समिक्षा कार्यक्रममा साना सिचाई परियोजना सिप अछामका प्राविधिक मनिषा खत्रि, कालिका प्रावि लिडिका प्रधानाध्यापक काशिराम रावल लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आर्थिक सहितको प्रतिवेदन सुरत रावलले प्रस्तुत गर्नु भएको थियो । जगत लुहारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको रमेश लुहारले गर्नु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!