गुल्मीमा ट्याकटर दुर्घटना, ४ घाईते २ को अवस्था गम्भीर

Posted on: 25 Jun, 2018

प्रेम सुनार | असार ११, गुल्मी | आज दिउँसो गुल्मीको  वडा नम्वर–७, घमिरमा ट्याक्टर दुर्घटना भएको छ । मालिका गाउँपालिका गाउँपालिका  वडा नम्वर  को घमिरमा लु३च ३९६६ नम्वर ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएको र त्यस मध्ये गम्भीर घाईते दुई जनाको अवस्था चिन्ताजनक रहेको मरभुङ्ग प्रहरी चौकी प्रमुख सई चतुधन पाचीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाईते घमिरका ३० वर्षिय पशुपति लम्घास र सोही स्थानकी ३० वर्षिया गीता नेपालीको अवस्था चिन्ताजन रहेको छ । उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाईएको छ ।

२५ वर्षिय चालक विष्णु लम्साल र ३० वर्षिया मुना लम्लास घाईते भएका छन् । विपरित दिशाबाट आई रहेको जिपलाई साईड दिने क्रममा ट्याक्टर ब्याग गर्दा चिप्लीएर सडक देखि करिव २ सय फिट तल खसेको चौकी प्रमुखले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!