साउथवेस्ट्रन स्कुल काठमाडौँका चार विद्यार्थीद्वारा एसईईमा चार जीपीए

Posted on: 27 Jun, 2018

असार १३, काठमाडौँ | काठमाडौको गोङ्गबु स्थित साउथवेस्ट्रन स्कुलका चारजना विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा चार जीपीए प्राप्त गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत शनिबार प्रकाशित गरेको नतिजा अनुसार यस विद्यालयका छात्रा रोजिना ढकाल, छात्र आयुष अधिकारी, छात्रा विना बरुवाल र रुवी श्रेष्ठले उक्त नतिजा हात पारेका हुन् ।

विद्यालयबाट परीक्षामा संलग्न ९६ विद्यार्थीमध्ये ४ जना जीपीए ४.०० सहित २४ जना ए प्लस (जीपीए ३.६५ देखि जीपीए ४.०० सम्म), र ३९ जना ए ग्रेड (जीपीए ३.२५ देखि जी. पी. ए. ३.६० सम्म), मा उत्तीर्ण भएका छन ।


५ जनाले बी ग्रेड र बाँकी विद्यार्थी बी प्लस ग्रेडमा उत्तीर्ण भएका छन् । चार जनाले जीपीए ४.००, एक जनाले जीपीए ३.९५ र पाँच जनाले जीपीए ३.९० प्राप्त गरेको यो नतिजा देशकै उत्कृष्ट नतिजामध्ये एक भएको दावी विद्यालयका माध्यामिक तह संयोजक कुमार केसीको रहेको छ । 

‘एनपीएन. न्युज अवार्ड २०७४’ मा उत्कृष्ट प्रधानाध्यापकको सम्मान प्राप्त गर्न सफल विद्यालयका प्रिन्सिपल मनोज आचार्य विद्यालयले प्राप्त गरेको नतिजाको श्रेय अभिभावक, शिक्षकहरू तथा विद्यार्थी स्वयमलाई दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!