प्राइम लाइफ र मुक्तिनाथ विकास बैंक बिच बैंकासोरेन्स सम्झौता

Posted on: 06 Jul, 2018

असार २२, काठमाडौँ | प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि.र मुक्तिनाथ विकास बैंक लि. बिच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । 

सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराई र मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल हस्ताक्षर गर्नुभएको कम्पनीबाट जारी विज्ञप्तीमा जनाएको छ । 


उक्त सम्झौता भएपश्चात प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि. ले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंक लि. को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि. को चुक्ता पूंजी रु. १ अर्व ७८ करोड, जिवन बीमाकोष रm. ६ अर्व २० करोड, कुल प्रिमियम रm.११ अर्व ७ करोड तथा देशभरका १२५ स्थानवाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!