लोकसेवा आयोगको विज्ञापन संबिधान बमोजिम छ : मन्त्री लालबाबु पण्डित

Posted on: 23 Jun, 2019

 असार ८, काठमाडौं । आइतबार संसदमा बोल्दै सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् ।

स्वतन्त्र संवैधानिक आयोगको हिसाबले लोकसेवा आयोगले आफ्नो मुख्य जिम्मेवारी कानून सम्मत र निष्पक्षताका साथ पुरा गर्दछ भन्नेमा सरकारको विश्वास रहेको उनले प्रस्ट पारेका छन् | 

लोकसेवाले स्थानीय तहका विभिन्न पदमा गरी ९ हजार १६१ जना कर्मचारी भर्नाका लागि निकालेको विज्ञापनसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । यसअघि राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विज्ञापन रद्द गर्न आयोगलाई निर्देशन दिएको थियो ।

मन्त्री पण्डितले कर्मचारी नियुक्ति, सरुवा, बढुवा र पदास्थापन प्रचलित कानून बमोजिम भइरहेको बताए । ‘यसमा कुनै नातावाद, कृपावादको कुनै गुञ्जायस छैन’उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!