नतिजा सार्बजनिक गर्न एसईई को बैठक बस्दै

Posted on: 27 Jun, 2019

असार १२, काठमाडौँ |  मंगलबार बसेको बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाब दिएपछि माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्बजनिक गर्ने तयारीमा रहेको राष्टिय परिक्षा बोर्डले आज दिउसो २ बजे बैठक बोलाएको छ | नतिजा सार्बजनिक गर्नु अगाडी बोर्डको बैठक बस्नुपर्ने प्राबधान छ | त्यसले बैठक २ बजे बोलाएको बताएको छ | नतिजा प्रकाशनको सबै तयारि पुरा भईसकेको जानकारी दिएका छन् | 

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको हो ।

नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ । गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!