यसरी बर्षेनी अरवौं रकम बिदेशिदै, कहिले रोकिन्छ विदेश पढ्न जानेको लहड ? (भिडियो सहित)

Posted on: 30 Jun, 2019

असार १५, काठमाडौँ | एसइई नजिता सार्वजनिक भएको भोलीपल्टै काठमाडौँमा भारतीय कलेज तथा विश्वविद्यालयहरुले नेपाली बिद्यार्थीलाई भारतमा पढ्न लैजाने उध्यस्यले एजुकेसन फेयर संचालन गरे । याक एण्ड एती होटल र अन्नपूर्ण होटलमा गरिएको उक्त कार्यक्रमबाट हजारौं बिद्यार्थीहरुले भारत पढ्न जाने लक्ष्य तय गरिसकेका छन् । यो काम यसपटक मात्र होइन् विगतकै निरन्तरता हो । यसरी बर्षेनी हजारौं नेपाली युवाहरु भारत लगायत बिभिन्न देशमा पढ्न जान थालेपछि देशका अभिभावकले बर्षेनी अरवौं रकम बिदेशमा खर्चनु परेको परिवेश छ । 

नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने क्रम वर्षेनी बढेसँगै नेपालबाट विदेश जाने रकम पनि बढ्दै गएको अधिकारीहरूले बताएका छन् । शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमानमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरूले वर्षेनी १ खर्ब भन्दा बढीको हाराहारीमा रकम खर्च गरेको देखिन्छ । यदी विदेश पढ्न जाने सोच बनाएकाहरुको कुरालाई लिने हो भने नेपालका विश्वविद्यालय र कलेजहरूले गुणस्तरीय शिक्षा सुनिश्चित नगरेसम्म विद्यार्थी विदेश जाने प्रवृत्ति नरोकिने निश्चित छ । २०१८ मा मात्र विदेशमा पढ्न जानका लागि ५६ हजार विद्यार्थीले सरकारी स्वीकृति अर्थात 'नो अब्जेक्सन सर्टिफिकेट' लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको तथ्यांक हेर्ने हो भने बर्षेनी पढ्नकै लागि विदेशिनेको शंख्या आक्रामक रुपमा बढ्दो छ । विदेशमा गएर उच्च शिक्षा लिने नेपाली विद्यार्थीको मोह ह्वात्तै वढ्दै जानुको कारण नेपाल सरकारले बुझेर त्यसै अनुसार नीति नबनाउदासम्म विदेश पढ्न जाने मोह नघट्ने निश्चित छ । 

सार्वजनिक कलेज र विश्वविद्यालय सुधार नगर्दासम्म, गुणस्तरीय पढाइ सुनिश्चित नहुँदासम्म र शिक्षामा राजनीतिक हस्तक्षेप बन्द नगर्दासम्म यो समस्या कायमै रहने अधिकारीहरुको धारणा छ । 

बिभिन्न स्किम देखेर नेपाली बिद्यार्थी विदेश पढ्न जाने, अभिभावकहरुले पनि देखासिकी गरेर विदेश पढ्दा इज्जत बढ्ने सोचेर बिदेशमा पढ्न पठाउने गरेका छन् ।  

यदी भारत पढ्न जाने नेपाली बिद्यार्थीको कुरा गर्ने हो भने भारतमा पढ्न जानेको शंख्या पनि उत्तिकै बढ्दो छ । भारत अध्ययनमा तानेर करोडौंको कमिसन लिन पल्किएका बिभिन्न कन्सलटेन्सीहरुले बर्षेनी नेपाली बिद्यार्थीहरुलाई बिभिन्न प्रलोभनमा पारेर भारत पढ्न पठाउने गरेका छन् । यसरी भारतमा पढ्न जानेहरु मध्ये केहिले सोचेर/बुझेर भारत पढ्न पठाउने गरेको भए पनि कतिपयले साथिभाईको लहड र अरुको देखासिकी गरेर भारतमा पढ्न पठाउने गरेका छन् । 

गत बर्ष त्रिभुवन विश्वविद्यालयको अभिलेखअनुसार विभिन्न सङ्कायमा मात्र झन्डै ६ हजार विद्यार्थीले भारतमा गई स्नातक तहको अध्ययन गरेको देखिन्छ । यसरी अध्ययन गर्ने हरुले भारतको औशत शुल्कलाई आधार मान्ने हो भने भारतमा पढ्नकै लाग्गी नेपालीले बर्षेनी १५ देखि २० अर्वको हाराहारीमा खर्च गरेको अनुमान छ । यही रकमले आफ्नै देशमा शैक्षिक संस्थाहरु खोलेर अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सकिन्न ? गम्भीर प्रश्न उठेको छ । 

देशबाट बैदेशिक रोजगारीमा कमाउन जानेले झन्डै ३० प्रतिशत देश चलाउने रेमिट्यान्स प्रदान गर्दै गर्दा देशलाई केहि राहत मिलेको भएपनि पढ्नकै लागि विदेश जानेले एकोहोरो अव्र्वौँ गुमाउनु परेको परिवेश छ | यदी स्वदेशमै गुणस्तरीय शिक्षाको विश्वास दिलाएर विदेश पढ्न जानेहरुलाई नेपालमै रोक्न सक्ने वातावरण बनाउने हो भने बर्षेनी विदेशको लागि गरिने खर्वौँको खर्च नेपालमै रोक्न सकिन्छ र  आफू विदेश जाने नभई विदेशका बिद्यार्थीलाई नेपालमा पढ्न आउने स्थिति खडा गर्न सकिन्छ कि ! जिम्मेवार निकायहरुलाई हाम्रो गम्भीर ध्यानाकर्षण !! 

भिडियोमा हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!