भोलि देखि हुने एमबिबिएसको परीक्षा आन्दोलनरत् विद्यार्थीले गरे बहिस्कार

Posted on: 04 Dec, 2019

मंसिर १८, काठमाडौँ | भोलिदेखि हुने एमबिबिएस परीक्षा आन्दोलनरत्  विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन् | बुधबार देखि सुरुहुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन् |

भोलिदेखि हुने भनी एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो | नेसनल मेडिकल कलेज,युनिभर्सल मेडिकल कलेज,चितवन मेडिकल कलेज र नकी मेडिकल कलेजका विद्यार्थीले परिक्षा बहिस्कार गरेका छन् | बुधबार चितवन मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र जलाएका छन् |

शुल्क समायोजनको नाममा मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीलाई शिक्षा मन्त्रालयले धोका दिएको भन्दै परिक्षा बहिष्कार गर्नु परेको उनीहरुको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!