कक्षा १२ को नतिजा सार्वजनिक,कसरी हेर्ने ?

Posted on: 01 Feb, 2021

माघ १९ , काठमाडौं । गत मंसिरमा लिइएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयले नतिजा सार्वजनिक गरेको हो । कोरोना भाइरसका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो भने बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको हो ।

 ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नतिजा नेपाल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने छ ।

 यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । ४ लाख ३३ हजार २७१ जना विद्यार्थी उक्त परिक्षामा सहभागी थिए । 

यसरी हेर्नुहोस नतिजा :

-एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिन्छ ।

- त्यस्तै राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटमा गएर हेर्न यँहा क्लिक गर्नुहोस ।

- र नेपाल टेलिकको वेभसाइटमा गएर हेर्न यँहा क्लिक गर्नुहोस ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!