अब वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य परिवारको पनि वीमा गर्नुपर्ने

Posted on: 13 Feb, 2017

फागुन २, काठमाडौं । सरकारले अब बैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा परिवारको स्वास्थ्य वीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याउने भएको छ । 

सरकारले ल्याउन लागेको उक्त बिमा ब्यबस्थामा सबै नेपालीलाई स्वास्थ्य वीमामा आवद्ध गर्ने लक्ष्य सहित विदेश जाने नेपालीहरुलाई विदेश जानु अघि नै कडाईका साथ परिवार बिमा गरे/नगरेको प्रमाणित गरिनेछ । सरकारले सामाजिक स्वास्थ्य वीमा विधेयक, २०७३ मार्फत बैदेशिक रोजगारीमा जाने नेपालीलाई बाध्यकारी व्यवस्थामै परिवार स्वास्थ्य बिमा गराउने नीति अघि सारेको हो । 

बैदेशिक रोजगारीमा जानेहरुले आफू विदेश गएको बिमा गर्ने जुन बाध्यकारी अवस्था छ अब त्यसमा पनि थप अर्को बिमा गराउनुपर्ने भएपछी झन्जटिलो र थप खर्चिलो हुने निश्चित छ । त्यसोत परिवारमा ५ जना सदस्य भएमा बार्षिक २५ सय तिर्नुपर्ने र त्योभन्दा बढी भएमा प्रति व्यक्ति प्रिमियममा ४ सय २५ रुपैयाँका दरले थप्नुपर्ने हुन्छ । त्यसैले यो बिमा ठूलो परिवार हुनका लागि थप महँगो छ ।

अहिले लागु गर्ने तयारी अवस्थामा रहेको यो बिमा आवश्यक प्रक्रियापछी कानुन मन्त्रालयमा पुग्नेछ र कानुनबाट पास भएपछी क्याबिनेटमा लगिने छ । क्याबिनेटबाट यो नीति पास भए यो बाध्यकारी रुपमा लागु हुनेछ । बाध्यकारी कानुन बनेपछि जो सुकै बैदेशिक रोजगारीमा जानेहरुले यो बिमा गराउनु पर्नेछ । सरकारले यस अघिनै स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपनि बैदेशिक रोजगारीमा जानेहरुलाई बाध्यकारी ब्यबस्था गरेको थिएन । बाध्यकारी नहुँदा स्वास्थ्य वीमा कार्यक्रममा जनताको आकर्षण बढ्न सकेको छैन ।

स्वास्थ्य बिमाको के फाइदा ? 

सरकारले सबै नेपालीलाई स्वास्थ्य बिमा गराउनको लागि ल्ताएको यो नीति अनुसार यदी कुनै व्यक्ति/परिवार स्वास्थ्य बिमामा आवद्ध छ भने उसलाई बिमा अवधिभर उपचार गर्नको लागि सरकारले ५० हजार रुपैयाँसम्म खर्च व्यहोर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!