घरेलु कामदार बिदामा नेपाल आए फर्किन नपाउने

Posted on: 19 Apr, 2017

वैशाख ६, काठमाडौं । खाडी मुलुकमा काम गर्न गएका घरेलु कामदार विदा मनाउन नेपाल आए जान नपाउने भएका छन् ।  

संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले गत चैत २२ गतेदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ ।  श्रम स्वीकृति र भिसा लिएर उड्न ठिक्क परेका घरेलु कामदारहरु गत २२ गतेदेखि युएइ लगायतका खाडी मुलुकमा जान पाएका छैनन् । श्रम स्वीकृति, घरेलु कामदारको भिसा, पर्यटक भिसा लगाउने मात्र होइन घरेलु कामदारमा गएर विदा मनाउन नेपाल आएकाहरुलाई पनि त्यता जान दिइएको छैन ।    

 उनीहरुले श्रम कार्यालयले श्रम स्वीकृति नविकरण गर्ने गरेको छैन । पर्यटक भिसा लगाएकाहरुलाई भने त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले जान  दिएको छैन । घरेलु कामदार जान रोक लगाएपछि सरकारको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

घरेलु कामदार विदामा आएतापनि काम गर्न विदेश पठाउन सरकारले रोक्न नहुने सरोकारबाला संघसंस्थाले बताएका छन् । यस विषयमा वैदेशिक रोजगार विभागले श्रम समितिको निर्देशनपछि घरेलु कामदार पठाउन रोक लगाएको जनाएको छ। विभागका महानिर्देशक विश्वराज पाण्डेले घरेलु कामदारमा रोक लगाउ भन्नासाथ रिइन्ट्री, वैध तथा अवैध सबैबाटोबाट जाने पर्ने र कानुनले सबैलाई एउटै तराजुमा राखेर व्यवहार गर्नुपर्ने हुदाँ विदामा आएकाहरुलाई श्रम स्वीकृति नबिकरण नदिइएको बताए।

घरेलु कामदार खाडी मुलुक पठाउने प्रतिबन्ध कहिले खुल्छ त भन्ने प्रश्नमा महानिर्देशक पाण्डेले त्यो बन्द गर्नेलाई नै सोध्नुपर्ने भन्दै तर्किए । सरकारले घरेलु कामदार पठाउन बन्द गरेपनि अवैधानिक बाटोबाट उनीहरु खाडी मुलुक पुग्ने व्यवसायीहरुले दाबी गरेका छन् । भारत, श्रीलंका, थाइल्याड लगायतका देशबाट उनीहरु ओमन तथा कुवेत पुग्ने गरेको जानकारी हामीले पाएका छौ, घरेलु कामदार सरोकार समितिका महासचिव डिबी तामाङले भने । 

उनका अनुसार अहिलेपनि मासिक १२ सयजति घरेलु कामदार अवैध बाटोबाट विदेश जाने गरेका छन् । कुवेतमा ६ हजारभन्दा बढी, युएइमा २५ हजार, साउदीमा ४० हजार, जिसिसि राष्ट्रमा १ लाख ५० हजारजति घरेलु कामदार रहेको घरेलु कामदार सरोकार समितिले जनाएको छ । विदेश पुगेका अधिकांश घरेलु कामदार अवैध तरिकाबाट त्यहाँ पुगेको समितिको दाबी छ । सेतोपाटीबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!