वैदेशिक रोजगारीको लागि चर्को रकम अशुल्ने ५ म्यानपावरको काम रोक्का (को-को परे ?)

Posted on: 10 Sep, 2017

भदौ २५, काठमाडौं | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको लागि चर्को रकम अशुल्ने ५ म्यानपावरको काम रोक्का गरेको छ भने अन्य म्यानपावरहरुलाई पनि कारवाहीको लागि अनुसन्धान जारी राखेको जानकारी दिएको छ  । 

बिभागले म्यानपावरको हिसाबकिताब नबुझाउने ३० म्यानपावरलाई कारबाही समेत गरेको छ । बिभागका अनुसार बढी लागत खर्च लिने ५ म्यानपावरहरु निड्स इम्पोइमेन्ट, वाइड स्पेस, सिद्ध ग्लोबल, इन्टरनेसनल जब लिंक र युनिभर्सल इन्टरनेसनलको काम रोक्का गरको हो । 

शून्य लागतको अवस्था पत्ता लगाउन विभागले मागेको हिसाबकिताब नबुझाएका ३० म्यानपावरलाई ५० हजार र १ लाखका दरले जरिवाना गराईएको थियो ।  बिभागले कारवाही र रोक्का गर्ने म्यानपावरको शंख्या बढ्न सक्ने बताउंदै कामदारसँग चर्को रकम अशुल गर्ने म्यानपावरलाई थप कडाईका साथ कारवाही गरिने जनाएको छ । 

गत बर्षनै म्यानपावरहरुलाई विवरण बुझाउन ताकेता गरेपनि म्यानपावरहरुले अटेर गर्दै पटक-पटक म्याद थपिएका थिए । थपिएको म्यादसम्ममा सम्पूर्ण हिसाबकिताब बुझाउने म्यानपावरको संख्या ७ सय ४५ थियो । बिभागले हिसाब बुझाएका ६६ म्यानपावरलाई पहिलो पटक चुस्त नरहेको भन्दै सचेत गराएको छ भने केहि म्यानपावरले दिएको विवरण त्रुटीपूर्ण देखिएको तथा म्यानपावरले मोटो रकम अशुल गरेको प्रमाण फेला परेको भन्दै थप म्यानपावरहरु पनि कारबाहीमा पर्दै जाने जनाएको छ । ]

यस बिषयमा तपाइको प्रतिक्रिया...!