पहिलो पटक कतारले न्यूनतम तलब तोक्यो, नेपालीलाई फाइदा कि घाटा ?

Posted on: 17 Nov, 2017

मङ्सिर १, दोहा । कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । न्यूनतम पारिश्रमिक तोकेपछी अब कतारमा बैदेशिक रोजगारीमा जाने जो कोहि बिदेशी नागरिकले न्युनतम तोकिएको तलब पाउनैपर्ने हुन्छ । 


आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको हो । कतारी श्रममन्त्री इसा अल नउमीले भने, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ ।’

न्युनतम तलब बाहेक काताममा कामदारले खान/बस्न भने निशुल्क पाउनेछन् । साथै स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि निशुल्क नै हुनेछ ।


यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको जानकारी दिए । पहिलोपटक तोकिएको न्यूनतम तलबको समिक्षा गरी पुनः बढाउने समेत सरकारी अधिकारीले बताएका छन् ।

कतारले श्रम मामिलामा सुधारको सुरुवात सन् २०१५ बाट थालेको हो । कामदारलाई अनिवार्यरुपमा बैंक खातामा तलब जम्मा गर्ने, आलोचित बनेको काफाला सिस्टमलाई बिस्थापित गर्दै विदेशी कामदारसँग सम्झौता गर्ने प्रणाली सुरु गर्ने काम भइसकेका छन् ।


सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो । कतारी श्रममन्त्री नाउमीले भने अनुसार सुधार प्रयास यतिमै रोकिनेछैन, उनि भन्छन- 'यो हाम्रो दीर्घकालीन प्रतिवद्धता हो र आगामी दिनमा थप सुधारका कामहरु देख्नुहुनेछ ।’

नेपालीलाई फाइदा कि घाटा ?

कतारले तोकेको यो न्यूनतम तलव अपेक्षाभन्दा निकै कम हो । नेपालले यसअगाडी नै कतार जाने नेपाली कामदारको न्यूनतम तलव ९ सय रियाल र खाने बस्ने शुल्क ३ सय हुनुपर्ने नियम लागू गरिसकेकोले कतारको न्युनतम तलबको असर नेपाललाई पर्दैन तर स्वास्थ्य तथा उसले गर्ने बिभिन्न सुधारमा भने नेपाली कामदारलाई पनि फाइदा पुग्नेछ ।

नेपालले कतारको लागि बिदेशीक रोजगारको श्रम स्वीकृति लिंदानै सम्झौता बमोजिमको न्युनतम तलब तथा सेवा सुबिधा हेरेर कतारमा श्रम स्वीकृति दिँदै आएको छ । कतारले अहिले ल्याएको न्यूनतम तलवमान नेपाली कामदारले पाउँदै आएको तलवभन्दा धेरै कम हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!