विदेश जाने कामदारले म्यानपावरलाई बैँकमार्फत भुक्तानी गर्नुपर्ने !

Posted on: 30 Nov, 2017

मनोज पराजुली | मङ्सिर १४, काठमाडौँ | श्रम तथा रोजगार मन्त्रालयले विदेश जाने कामदारले म्यानपावरलाई बैँकमार्फत भुक्तानी गराउने तयारी गरेको जनाएको छ । त्यस्तै बैदेशिक रोजगारीमा जाने तथा गएर फर्किएकाहरुको डिजिटल रेकर्ड राख्ने तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ । 

मन्त्रालयले बिदेश रहेकाहरुको एकिन डाटा लिनका लागि अनलाइन मार्फत रेकर्ड राख्ने तयारी गरेको हो । श्रम स्वीकृति लिएर विदेश जाने तथा फर्किनेहरुको वास्तविक तथ्याङ्क नभएकाले अनलाइन मार्फत डाटा संकलन गर्ने तयारी गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।  

श्रम तथा रोजगार मन्त्रालयलको डाटालाई अध्यागमन कार्यलयसँग जोड्ने कार्य गृह मन्त्रालयको सहमति प्रश्चात लागू गरिने श्रम तथा रोजगार मन्त्रालय लक्ष्मणप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँले श्रम स्वीकृति लिएर स्वदेशमै बसी अपराधिक क्रियाकलापमा लाग्ने प्रवृति रोक्नको लागि पनि डाटा संकलनले सहयोग पुग्ने बताउनुभयो । 

यसैवीच श्रम तथा रोजगार मन्त्रालयले बैदेशिक रोजगारीका समस्या समाधान गर्नका लागि नीतिगत तथा प्राविधिक सुधार गदै लगिने जनाएको छ । 

त्यस्तै मन्त्रालयले बैदेशिक रोजगारमा ठगिका घटना नरोकिएकाले म्यानपावर व्यवसायीहरुको धरौटी रकम वृद्धिगरी १ करोड पुर्याउन लागिएको जनाएको छ । एजेन्टहरुको व्यवस्थापनको लागि सम्बन्धित  जिल्ल्ला प्रशासन कार्यलयलाई अधिकार दिएर नियमन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!