वैदेशिक रोजगार विभागका महानिर्देशक घूसकाण्डमा पक्राउ परेपछि...

Posted on: 30 Nov, 2017

मनोज पराजुली | मङ्सिर १४, काठमाडौँ | बैदेशिक रोजगार विभाग महानिर्देशकविहीन बनेपछि विभागको नियमित कामकारवाही गर्न समस्या भएको विभागले जनाएको छ । महानिर्देशकविहीन बनेपछि बैदेशिक रोजगार विभाग दैनिक प्रशासनिक काममा मात्र सीमित भएको छ ।

महानिर्देशक तोक्ने जिम्मेवारी पाएका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर चुनावी कार्यक्रममा बारा जिल्लामा व्यस्त बन्दा वैदेशिक रोजगार विभागको महानिर्देशक तोक्ने काम समेत भएको छैन् । 

विभागले गर्ने नियमित प्रशासनिक काम बाहेक म्यानपावर कम्पनीको लाइसेन्स रोक्का तथा फुकुवा गर्ने र अनुगमन तथा मुद्धा हेर्ने काम रोकिएको विभागका निर्देशक मोहन अधिकारीले बताउनुभयो । अवकाश पाउन एक साता बाँकी रहँदा कात्तिक २९ गते  वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घूसकाण्डमा अख्तियारले पक्राउ गरेका थियो । 


कात्तिक २८ गते मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव पाण्डेलाई पनि पक्राउ गरेपछि विभाग महानिर्देशक विहीन बनेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!