कोरियामा नेपालीको खतरनाक अवस्था ! यौनरोगदेखि जेलसम्म...

Posted on: 03 Dec, 2017

अर्जुन बराल | सौल (कोरिया) | डडेलधुराका रमेश महरा (नाम परिबर्र्तन) अबिबाहित हुँन् । उनि कोरिया आएको चार बर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए । महिनामा कम्तिमा दुईपटक यौनबजारमा उनको बाँस हुन्थ्यो । उनी सोच्दथे रङ्ग-रमार्रईलो बिनाको के जीवन ? तर दुर्भाग्य आज उनी दश महिनादेखि यौन रोग सिफलिसको औषधी सेवन गरिरहेका छन् ।

दाङ्ग घर बताउँने मुरारी कोरिया आएको दुई बर्ष पुरा भयो । उनी जेजु प्रान्तको जेजु सिटीको एक कृषि फार्ममा काम गर्थे । उनको फर्ममा भियतनामी महिला चार र उनी एक्ला पूरुष थिए । काम गर्दै जाँदा एक भियतनामी महिलासँग उनि प्रेममा परे । दुर्ईहप्तामा एकपटक बिदा पार्ईने आईतबार लजमा बिताउँथे । यो प्रक्रिया छ महिना चल्यो । उनले यो अबधिमा एक रुपैयाँ पनि नेपाल पठाएनन् । उनी झुटो प्रेममा परेपछि उनै महिलाले आफु गर्भवती भएको बहानामा साठीलाख कोरियन वोन कुम्ल्याएर कुलेलम ठोकीन् । पछि बल्ल उनले ती महिला अबैधानिक भएको चाल पाए ।


भैरहवाका महतब आलम बुसानको मोटर पार्ट्स कम्पनिमा काम गर्छन् । उनको आम्दानीको अधिकाशं रकम उनी मसाज सहित यौन मामलामा खर्च गर्दछन् । उनी थप्छन् - हप्ताभरीको थकान मेटाउँने यहि माध्यम उपयुक्त भएको उनको मान्यता छ । तर उनलार्ई यसबाट भबिष्यमा आइपर्न सक्ने समस्याको बारेमा सोच्ने मौका छैन ।

पर्बतका हरि खत्री ख्यङ्गदोको ह्वासाङ्ग क्षेत्रमा काम गर्दथे । कोरिया आएको छ महिनामा कम्पनिले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियन सँगै उपस्थिती भए- खाए, अनि रमाए । रात छिप्पिदै गयो मात बढदै गयो । रमार्ईलोको निम्ति भन्दै कोरियन केटीसँग हिमचिम बढाएर आपसी सहमतीमा यौनसम्बन्ध बनाए । तर तीन दिनमै ती महिलाले आफुलार्ई बलत्कार गरेको उजुरीका आधारमा गिरप्तार भई जेल पुगे । 

 दक्षिण कोरियाको बुसानसिटीको पानोरमा मसाज सेन्टरकी संचालीका ३१ बर्षिया कोरियन महिला जियुले आफना लगभग डेढदर्जन जती नेपाली युवक नियमित ग्राहक भएको र एकरातको दुर्ईलाख कोरियनवोन खर्च गर्ने गरेको बताउँछीन् । साथै यसैलार्ई आधार मान्ने हो भने पनि नेपाली युवाहरुले कोरियाको यौन बजारमा न्युनतम मासिक चारसय मिलियम कोरियन वोन खर्च गर्ने गरेको देखिन्छ । जुन अती नै खतरनाक अबस्था हो । साथै यिनै समस्याका कारण युवाहरु डिप्रेशनको शिकार बन्ने र आत्महत्या सम्म गर्न पछि नपर्ने कारणको रुपमा लिन सकिन्छ । sajhasabal.com

दक्षिण कोरियाको सेक्स बजार पूर्णरुपमा बैधानिक नभएतापनि सेक्स बजारको मासिक हिसाब-किताब बिलियनमा हुँने गरेको र त्यसका ग्राहक आधाभन्दा बढी बिदेशी हुँने गरेको स्वंयम् कोरियन बताउँने गर्दछन । बिशेष गरि कोरियामा अनुमानीत हजारभन्दा बढी मसाज सहित यौन अखडा छन् भने मुख्य यौन बजार सुवन र बियारी भन्ने ठाँउमा नेपाली युवाहरुको भिड हुने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!