अब विदेश जाने श्रम स्वीकृति लिन नयाँ प्रणाली लागू, समयको समेत जानकारी लिएर सेवा पाइने

Posted on: 10 Jan, 2018

पुस २६, काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जाने श्रम स्वीकृति लिनको लागि  नयाँ प्रणाली लागू गरेको छ । श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) लिनको लागि अनलाइनबाटै टोकन प्रणाली लागू भएको हो । यो प्रणाली लागु भएपछी अब छिटो-छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।

विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।

नयाँ प्रणाली अनुसार अब टोकनअनुसारनै कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिनेछ । यस अघि सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्न बाध्य थिए, अब भने त्यसरी लाइनमा बस्नुपर्नेछैन । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर पाइनेछ र त्यसैमा कतिबजे सेवाको लागि जाने भन्ने बारेमा जानकारी समेत प्राप्त हुनेछ । 

यो प्रणाली लागु भएपछी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!