छ महिनामा एक लाख ८६ हजार नेपाली विदेशिए

Posted on: 30 Jan, 2018

माघ १६, काठमाडौं । चालू आर्थिक वर्षको छ महिनामा एक लाख ८६ हजार ८२ नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आवको ६ महिनामा उक्त संख्याका नेपालीहरू वैदेशिक रोजगारीमा गएका हुन् । गत आवको पहिलो ६ महिनामा एक लाख ८९ हजार चार सय ३३ जना विदेशबाट वैदेशिक रोजगारीमा गएका थिए । गत वर्षको तुलनामा करिब चार हजारले कमी आएको पाइएको छ ।


चालू आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा बिदेसिने कामदार संख्या करिब दुई प्रतिशत कम देखिएको छ । बिदेसिने महिला कामदारको संख्या भने बढीरहेको देखिन्छ ।

यस वर्ष सबैभन्दा धेरै भदौमा ३३ हजार आठ सय ७८ कामदार बिदेसिएका थिए भने असोजमा सबैभन्दा कम २७ हजार पाँच सय ३५ जना बाहिरिए ।

साउनमा ३१ हजार तीन सय नौ जना वैदेशिक रोजगारीमा गएका थिए भने कात्तिकमा ३१ हजार सात सय ९६, मंसिरमा ३० हजार आठ सय ६३ र पुसमा ३० हजार ६ सय ६१ जना कामदार विदेश गएका छन् ।गत आवमा विदेश जाने युवाको संख्यामा पा“च प्रतिशतले कमि आएको थियो । गत वर्ष तीन लाख ९८ हजार युवाले कामका लागि देश छाडेका थिए ।

विभागको तथ्यांकअनुसार पछिल्लो समयमा साउदीअरब नेपाली कामदारको रोजाइमा पर्न छाडेको छ । चालू आवको पहिलो ६ महिनामा २३ हजार चार सय ८९ जना कामदार साउदी पुगेका छन् । 

गत वर्ष साउदीमा ७८ हजार युवा पुगेका थिए ।दुई वर्षअघि मलेसियामा आर्थिक मन्दी छाउ“दा साउदी अरेबिया नेपाली कामदारको पहिलो गन्तव्य बनेको थियो । 

साउदी र कतारमा समस्या देखिएपछि नेपाली कामदारले मलेसिया नै अरुभन्दा उपयुक्त हुने मान्ने गरेको बताइएको छ ।पहिलो ६ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै नेपाली कामदार मलेसिया पुगेका छन् । 

पुससम्म ५९ हजार कामदारले वैदेशिक रोजगार विभागबाट मलेसिया जाने श्रम स्वीकृति लिएका छन् । अन्य खाडी मुलुकले नाकाबन्दी लगाउँदा पनि कतार जाने नेपालीको संख्या उत्साहजनक नै रहेको पाइएको छ । पुससम्म ४८ हजार नौ सय ५७ कामदार त्यहाँ पुगेका छन् ।

यो अवधिमा ३१ हजार ६ सय ५८ कामदार संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । पा“चौं मुख्य श्रम गन्तव्य कुवेतमा सात हजार सात सय ५१ जना गएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!