५ सयभन्दा बढी नेपाली विदेशका जेलमा, कुन देशमा कति छन् (विवरणसहित)

Posted on: 15 May, 2018

जेठ १ काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये ५ सयभन्दा बढी बिभिन्न देशका जेलमा छन् |  

उनीहरु मध्ये कतिपयलाई मृत्युदण्ड सुनाइएका छन् भने कतिपयले जन्मकैदको सजाय भोगिरहेको सरकारले भर्खरै सार्वजनिक गरेको तथ्याङ्क उल्लेख रहेको छ |

बैदेशिक रोजगारीमा गएका करिव ५ सय नेपाली फरक, फरक अभियोगमा बिभिन्न देशका जेलमा सजाय भोगिरहेका छन् ।

सबैभन्दा बढी साउदी अरेवियाको जेलमा २ सय २० जना, मलेसियामा १ सय ७१, कुवेतमा ७०, कतारमा ५२, ओमानमा २२ र बहराइनमा ३ जना रहेका छन् ।

परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको पछिल्लो जानकारी अनुसार करिब पाँचसय नेपाली श्रमिकहरुले कैदीको जीवन बिताइरहेका छन्।  

भाषा तथा कानुन सम्बधि अज्ञानताको कारण सानातिना गल्तीले गर्दा पनि उनीहरु परदेशी भूमिमा जेल जीवन जिउन बाध्य बनेका छन् |

उनीहरुलाई सरकार तर्फबाट दिइने सहयोग तथा कानुनी परामर्श प्रभावकारी बन्न सकिराखेको छैन्  ।

तर अब बैदेशिक रोजगार नियमावली परिवर्तन भएपछि भने उनीहरुको उद्धार तथा सहयोगमा सजिलो भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

रोजगारीका लागि विभिन्न देशमा रहेका १९ जना नेपालीलाई गतवर्ष मृत्युदण्डको सजाय सुनाइएको थियो ।

मृत्युदण्ड सुनाईएका मध्ये सबैलाई नेपाल झिकाउन ब्लडमनि बापत् २१ करोड ४५ लाख ३५ हजार २ सय ५० रुपैयाँ तिर्नु पर्ने देखिएको छ ।

बैदेशिक रोजगार नियमावली परिवर्तन भएसँगै विभिन्न देशमा रहेका नेपाली दूतावासमा कानूनी सेवाका लागि वकिल राख्ने काम अघि बढेको छ ।

सँगसँगै नेपाली कामदारलाई वैदेशिक रोजगारी सम्बन्धि शिक्षा र सम्बन्धित देशको नियम कानुनको बारेमा पनि अनिवार्य जानकारी गराउनु आवश्यक हुन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!