श्रीमान विदेशबाट आउँदै गरेको थाहा पाउनासाथ पैसा र गरगहना लिएर श्रीमती टाप

Posted on: 23 May, 2018

प्रेम सुनार | जेठ ९, गुल्मी | विदेशबाट श्रीमति प्रतिको माया र सम्झना मनमा सल्वलाउँदै काठमाण्डौ आई पुगेका छिमेकी जिल्ला पाल्पाका एक युवा श्रीमतिलाई थप सर समानहरु किन्नमा ब्यस्त थिए । तर यता श्रीमति भने श्रीमान काठमाण्डौं आएको थाहा पाउनसाथ सुनका गहना, कपडा र पैसा लिएर घरबाट एकाएक बेपत्ता भएकी छन् । 

तानसेन नगरपालिका –१२, बौघापोखराथोककी तुलसा विक दुई वर्षकी छोरी घरमै छोडेर बेपत्ता भएकी हुन ।

२० वर्षीया तुलसा गएको आइतबारदेखि पैसा र गरगहना लिएर सम्पर्कविहीन भएको भन्दै दलबहादुरले जिल्ला प्रहरी कार्यालय पाल्पामा खोजीका लागि निवेदन दिएका छन् । तुलसाका श्रीमान अमर त्यही दिन काठमाडौं आइपुगेका थिए । तुलसा पैसा निकाल्न बैङ्कमा जान्छु भनेर घरबाट हिँडेको उनले बताए ।

तुलसाकी सासू उजेली र ससुरा दलबहादुरका अनुसार छोरोले डेढ वर्षमा बुहारीकै नाउँमा दुबईबाट पठाएको झण्डै ६ लाख रुपैया र ३ तोला सुनका गरगहना लिएर उनी हिँडेकी हुन् ।

श्रीमान विदेश गएपछि तुलसा धेरै समय मोबाइलमै व्यस्त हुने गरेको सासूससुराले बताएका छन् । ‘पाइखाना जाँदा पनि कानमा तार लगाएर कुरा गर्थी’, सासु उजेलीले भनिन्, ‘बुहारीलाई त्यै फोनले बिगार्यो ।’ नातिनी आमा खोज्दै रातदिन रुने र खाना खान पनि नमानेको  हजुर वुवा हजुर आमाले बताए । काठमाण्डौंबाट घर आउन लागेका उनका छोरा न पैसा न श्रीमति हुने चिन्ता परिवारजनमा बढेको छ । श्रीमानले पठाएको पैसा संगै वुहारीको  लवाई खुवाई र चाल चलन नै बेग्लै बनेको उनिहरु बताउँ छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!