मलेसिया सरकारद्वारा विदेशी कामदारको करार नवीकरण नगर्ने निर्णय

Posted on: 10 Jun, 2018

जेठ २७, काठमाडौं | मलेसिया सरकारले विदेशी कामदारको करार नवीकरण नगर्ने निर्णय लिएको छ  । मलेसियाले आप्रवासी कामदारको बढ्दो चापलाई रोक्न करार अवधि सकिएपछि विदेशी कामदारको करार नवीकरण नगर्ने निर्णय लिएको छ । 

मलेसियाको नयाँ सरकारले लिएको नयाँ नीतिमा यस सम्बन्धि नीतिबारे स्पष्ट उल्लेख गर्दै अघिल्लो वारिसन नेशनल गठबन्धन नेतृत्वको सरकारका पालमा भएका आप्रवासी कामदारको रिहाईरिङ कार्यक्रम उचित नभएको भन्दै नयाँ नीति लिएको संचार माध्यमहरुमा समाचार छ ।

मलेसिया सरकारले कामदार नवीकरण गर्दा व्यवस्थापनमा चुनौती भएको जनाएको छ । मलेसियाले जारी राखेको नवीकरण कार्यक्रम तीन हप्ता पछि जुन ३० तारेखमा सकिदैछ । सरकारले यस सम्बन्धि फरक नीति लिएपछि अब मलेसियामा अबैधानिक कामदारको भिषा नवीकरणको मिति नथप्ने र यसै महिनाको अन्त्यसम्म अवैध रुपमा रहेका कामदार दर्ता गर्न दिईएको समय नै अन्तिम भनेको छ । 

मलेसियाका गृहमन्त्री तान श्री मुह्दिद्दिन यासिनले जुलाई पहिलो तारेख देखि अवैध कामदारलाई कारवाहीमा तीव्र पारिने स्पष्ट पारेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!